प्रदीप खड्काको जन्मदिनमा 'पिताम्बर' को दोस्रो टिजर सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५३ दिन अगाडि
प्रदीप खड्काको जन्मदिनमा 'पिताम्बर' को दोस्रो टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ -अभिनेता प्रदीप खड्काले सोमबार आफ्नो ३३औँ जन्मदिन मनाउँदैछन् ।

 ललितपुरको कुसुन्तीमा २०४८ मा जन्मिएका उनको रिलिजको तयारीमा रहेको फिल्म हो ‘पिताम्बर’ । निर्माण युनिटले उनको जन्मदिनको अवसरमा नयाँ टिजर ल्याएको छ । टिजरमा उनलाई ‘सुपरस्टार’को ट्याग समेत दिइएको छ । करिब एक मिनेटको टिजरमा उनका दृश्यले मात्र प्राथमिकता पाएका छन् । समेटिएका केही दृश्यमा उनको एक्सन रहेको छ भने केहीमा उनी सामान्य अवस्थामा छन् । टिजर हेर्दा उनको पात्र बदलाको भावमा रहेको अनुमान लगाउन सकिन्छ । उनले फिल्मका लागि एक्सन र चरित्र निर्माणमा गरेको मिहिनेत टिजरमा प्रष्ट देखिन्छ । 

नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपका अलवा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।