ओटीटीपछि ‘डिग्री माइला’ युट्युबमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५० दिन अगाडि
ओटीटीपछि ‘डिग्री माइला’ युट्युबमा

काठमाडौं - रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ युट्युब प्लाटफर्ममा रिलिज भएको छ ।

सोमबार बेलुका सार्वजनिक भएको फिल्मलाई यो समाचार लेख्दासम्म साढे ७ लाख पटक हेरिएको छ । २०८१ सालको बैशाख १ गते हलमा रिलिज भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ लगायतको अभिनय छ । शैक्षिक बेरोजगारको कथा भन्ने यो फिल्म दयाहाङ निर्देशित चर्चित नाटक ‘डिग्री माइला’बाट प्रभावित छ । फिल्मले बक्सअफिसमा सुखद कमाइ गरेको थियो । निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्बुब च्यानलबाट फिल्म सार्वजनिक भएको हो । यो च्यानलबाट हालै दीपक रौनियार निर्देशित दुई फिल्म ‘हाइवे’ र ‘सेतो सूर्य’ पनि सँगै रिलिज भएका थिए ।गत भदौमा ‘डिग्री माइला’लाई कथामा केही हेरफेर गर्दै सिनेमाघर ओटीटीमा रिलिज गरिएको थियो । युट्युबमा भने यसको रनटाइम २ घण्टा १३ मिनेट छ ।