हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५४८ दिन अगाडि
हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ

काठमाडौँ -दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को डबिङ सुरु भएको छ ।

निर्माण युनिटले आइतबार मुख्य अभिनेता हरिवंश आचार्यबाट फिल्मको डबिङ सुरु गरिएको हो । फिल्मले अनामनगर स्थित सम्राट फिल्म स्टुडियोमा डबिङ सुरु गरेको हो । आइतबार दिनभर आचार्यकै डबिङ हुने निर्माता सरोज ओलीले बताए ।  

२०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी,  मुरलीधर लगायतका कलाकारको अभिनय छ । फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।