‘आउटलः दफा २१९’ लाई जब ‘१२ गाउँ’ सँग तुलना गरियाे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५४८ दिन अगाडि
‘आउटलः दफा २१९’ लाई जब ‘१२ गाउँ’ सँग तुलना गरियाे

काठमाडौं- फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटलः दफा २१९’ लाई दर्शकले अहिले अत्यधिक रुचाएका छन् ।

फिल्मको एक्शनले दर्शकलाई अति नै आकर्षित गरेको छ । फिल्मका कलाकारले गरेको अभिनयलाई पनि दर्शकले खुब मन पराइरहेका छन् । फिल्म प्रदर्शनमा आएदेखि नै फिल्मको बारेमा दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने सामाजिक सञ्जालमा पनि फिल्मलाई लिएर प्रशंसै प्रशंसा गरिएको छ । यति भएपछि फिल्म हेर्न दर्शकको भिड दिन–दिनै बढ्ने नै भयो । तर फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको बेलामा फिल्मलाई विराज भट्टको गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ सँग तुलना गर्न थालिएको छ ।

तुलनामात्र नभएर धेरै १२ गाउँ भन्दा आउटल धेरै राम्रो भएको बताउन थालिएको छ । त्यस्तै आउटलका अभिनेता सुशिल श्रेष्ठलाई पनि अभिनेता समिर भट्टसँग तुलना गर्न थालिएको छ ।यसरी यी दुई अभिनेता तथा फिल्मबीच तुलना भइरहँदा दशैँको फुलपातीमा रिलिज हुने तयारीमा रहेको समिर भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘बलिदान’ लाई कुनै असर पो पुग्ने हो कि भन्ने डर अहिले समिर भट्टका फ्यानमा रहेको छ । तर अभिनेता सुशिल श्रेष्ठले भने यसरी अर्को फिल्मसँग तुलना गर्न मिल्दैन भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।