एपीएफ तिलोत्तमा गोल्डकपको फाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३९९ दिन अगाडि
एपीएफ तिलोत्तमा गोल्डकपको फाइनलमा

काठमाडाैँ -सशस्त्र प्रहरीको एपीएफ क्लब तिलोत्तमा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफ गोल रहित रहेको खेलमा एपीएफको जितका लागि दोस्रो हाफको अन्त्यमा फरवार्ड खेलाडी युवराज खड्काले निर्णायक गोल गरे । खड्का म्यान अफ द म्याच समेत घोषित भए । अब एपीएफले उपाधिका लागि मच्छिन्द्र एफसी र चर्च ब्वायज युनाइटेडबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।