तपाईँहरूलाई नै राजा मानिरहेकै छु, सधैँ राजावादी भइरहन पाउँ- दीपकराज गिरि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३४ दिन अगाडि
तपाईँहरूलाई नै राजा मानिरहेकै छु, सधैँ राजावादी भइरहन पाउँ- दीपकराज गिरि

काठमाडौँ - कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि पोख्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले दलका नेताहरूलाई नै राजा मानेर समर्थन गरिरहेको उल्लेख गरेका छन् । उनी लेख्छन्– '२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा सुरु २०४६ पछि सुरु भएको हो । 

 मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन बिचार र दललाई अंगालौ भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर 'राजा'को पार्टी रोजियो ।उनी थप लेख्छन्– 'त्यसपछि २०६२ र६३ आयो , त्यतिबेला मूलक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेज बाट प्रभावित पनि भइयो र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिँडियो पनि ! त्यति बेला फेरी एकपल्ट राजावादी भइयो !'  उनले राजावादी आन्दोलनको ठिक एक दिन अघि एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला  भनी बोलाएर आफूलाई राजावादीको सूचीमा राखेकोमा भने असन्तुष्टि जनाएका छन् ।