'अभिमन्यु' को छायांकन सुरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३३ दिन अगाडि
'अभिमन्यु' को छायांकन सुरू

काठमाडौँ -फिल्म 'अभिमन्यु' को छायांकन सुरू भएको छ।

निर्माणपक्षले आज कीर्तिपुरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरेका हुन्। शुभमुहूर्तमा फिल्मका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो। 'अभिमन्यु' मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन्।निर्माता विनोद पौडेलले फिल्मको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन्। फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको फिल्मको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि फिल्म 'बाटो: रोड टु डेथ' निर्देशन गरेका थिए। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। 'अभिमन्यु' मा शरद महतोको डिओपी रहनेछ। यो फिल्म विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ। यो फिल्म भदौ २७ गतेदेखि रिलिज हुनेछ।