हलले खुलाए 'वसन्त' को अग्रिम टिकट बुकिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३२ दिन अगाडि
हलले खुलाए 'वसन्त' को अग्रिम टिकट बुकिङ

काठमाडौँ- प्रकाश सपुत र स्वस्तिमा खड्का अभिनीत फिल्म ुवसन्तु को अग्रिम टिकट बिक्री खुला गरिएको छ।

मल्टिप्लेक्स हलहरूले फिल्म रिलिजको ३ दिनअघि शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाउन सुरू गरेका हुन्। सार्वजनिक गीत र ट्रेलरबाट राम्रो हाइप बनाएको फिल्मले हलमा उच्च शो पाउने देखिएको छ।  देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकाभित्र मात्रै पहिलो दिनका लागि यो फिल्मलाई ३३ शो दिएको छ। क्युएफएक्स अन्तर्गतका काठमाडौं बाहिरका हलमा पनि फिल्मले राम्रो शो पाएको छ। अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी थालेका छन्। 

प्रकाश सपुतको निर्देशनमा बनेको यो फिल्मले सार्वजनिक गीत र ट्रेलरबाट राम्रो हाइप बनाएको छ। फिल्ममा प्रकाश र स्वस्तिमा खड्कासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन ९खबपु०, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ। गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा फिल्म बनेको हो। यसको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। सामाजिक कथामा बनेको ुवसन्तु चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको हो।