'एक्लो' मा यस्तो छ अभिनेत्री बेनिशा हमालको लुक्स

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३१ दिन अगाडि
'एक्लो' मा यस्तो छ अभिनेत्री बेनिशा हमालको लुक्स

 काठमाडाैँ -साइन्स फिक्सनमा आधारित रहेर निर्माण गरिएको फिल्म 'एक्लो' टिमले अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। उनको पात्रलाई 'रानी मारा' को रूपमा चिनाइएको छ।पोस्ट सेयर गर्दै बेनिशाले लेखेकी छन्- 'एक्लोकी रानी मारालाई भेट्नुहोस्। बाँच्ने अटल इच्छाशक्तिका साथ पुनर्जन्म।

उनी केवल आफ्नो लागि लडिरहेकी छैनन्, उनीसँग एउटा उद्देश्य छ जसले सबै कुरा परिवर्तन गर्नेछ।' प्रदीप शाहीले निर्देशन गरेको फिल्ममा बेनिशासँगै प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायतको अभिनय छ। बेलायती अभिनेता जेमी बेकन पनि यसमा देखिएका छन्। बेकनले पनि निर्माणमा सहकार्य गरेका छन्।फिल्मको निर्माता राजु कुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी 'क्षितिज' रहेका छन्। फिल्म बाबु श्रेष्ठले छायांकन गरेका हुन्। यो फिल्म सन् २०२५ मा रिलिज हुनेछ।