यस्तो छ विपीन कार्कीको 'कर्मा' ट्रेलर (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३१ दिन अगाडि
यस्तो छ विपीन कार्कीको 'कर्मा' ट्रेलर (भिडिओ)

 काठमाडाैँ -अभिनेता विपीन कार्की अभिनीत फिल्म 'कर्मा' को ट्रेलर सार्वजनिक भएको छ।  बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन्।

विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ।विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्।'कर्मा' मा विपीन, उपासना मुकुन र सरितासँगै दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ।नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म 'कर्मा' आगामी चैत २९ गते रिलिज हुँदैछ। नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।

एक्सन जनरामा निर्माण भएको 'कर्मा' ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। 'कर्मा' ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने 'कर्मा' मा वसन्त लम्सालको लगानी रहेको छ।