‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५२३ दिन अगाडि
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?

काठमाडौँ - शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पिताम्बर’ र ‘कर्मा’को अग्रिम टिकट बुकिङ खुला भएको छ । क्यूएफएक्स चेन, बीग मुभिज, एफक्यूब सिनेमा, आइएनआई लगायतका हलहरूले दुवै फिल्मको बुकिङ खुलाएको हो ।

‘पिताम्बर’लाई क्यूएफएक्स चेनले उपत्यकामा २५ शोज, एफक्यूबले फिल्मलाई ७ शोज, बीग मुभिजले ६ शोज दिएको छ । आइएनआई लोत्से मलमा ४ शोज, आई एनआई नयाँ बाँनेश्वरमा ४ शोज पाएको यो फिल्मलाई वीएसआर मुभिजले ४ शोज नै दिएको छ । फिल्मको शो थुप्रै हलमा अझै खुल्न बाँकी छ ।

फिल्मको बुकिङको आधारमा शोज थपघट हुन सक्नेछ । कृषा चौलागाइ निर्देशित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको अभिनय छ । 

यस्तै, सौरभ चौधरीको निर्देशित फिल्म ‘कर्मा’को पनि शोजहरु खेलेका छन् । फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकामा १७ शोज उपलब्ध गराएको छ । यो शोजमा बुकिङको आधारमा थपघट हुन सक्नेछ । फिल्मलाई बीग मुभिजले ४ शोज, एफक्यूबले ५ शोज, आइएन आइ लोत्सेले ३ शोज, आइएनआई नयाँ बाँनेश्वर ३ शोज, बीएसआर मुभिजले ३ शोज दिएका छन् । फिल्मका लागि अझै धेरै हलले शो खुलाउन बाँकी छ । ‘कर्मा’मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारको अभिनय छ । एक्सन कथामा निर्माण भएको फिलम मार्फत विपिन पहिलो पटक एक्सन भूमिकामा देखिँदै छन् ।