नायिका एलिजा गौतम ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्डबाट सम्मानित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५२१ दिन अगाडि
नायिका एलिजा गौतम ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्डबाट सम्मानित

 काठमाडाैँ -चर्चित नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेश्नल एचिभमेन्ट अवार्ड (सिजन–२)’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्डबाट सम्मानित भएकी छन्।

उक्त अवार्ड उनलाई इण्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न एक विशेष समारोहमार्फत प्रदान गरिएको हो। निकिला मिडिया नेटवर्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बाली पेजेन्ट्सको सहकार्यमा भएको थियो। कलाकारिता क्षेत्रमा सक्रिय गौतमले टेलिभिजन प्रसारण र व्यवसायिक क्षेत्रमा समेत सफलताको उचाइ छोएकी छिन्। गौतमले कलाकारिता र उद्यमशीलता दुवैलाई सँगसँगै अघि बढाउँदै आएकी छन्। यही कारणले उनी यो अवार्डका लागि योग्य ठहरिएकी हुन्।