काठमाडौं - बुधबार राजधानीमा संदेश मुलक गितको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो `भुलको बाटो´ !
किरन नेपाली र सेर्या राईले स्वर दिएको उक्त गितमा शब्द भने स्याडो रियलको रहेकाे छ । अमेरिकामा बसेर समाजसेवा गर्दै आएका स्याडो रियल (उर्फ)मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन । कुबेर तामाङको डाईरेक्सनमा यो गित निर्माण भएको छ । साथै दर्जनौ कलाकारहरु: मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्री को अभिनय रहेकाे छ । टेकेन्द्र शाहले सम्पादन गरेको यो गितमा राम शरण उप्रेतीले छायांकन गरेका छन ।गित Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ ।