रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४९० दिन अगाडि
रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण

काठमाडौं - गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् ।

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो । उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मंगलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।उनले फेसबुकमा लेखेकी छिन्, ‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु।

क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।’ केही बेरमा पुनः भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।