काठमाडौं -अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् ।
सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो । प्रधानमन्त्री ओलीले फेसबुकमा सेयर गरेकै फोटोलाई दीपकले पुनःसेयर गरेका छन् । उनले प्रधानमन्त्रीको फोटो सेयर गर्दा विगतमा सामाजिक संजालमा गाली खानुपरेका केही किस्सालाई कटाक्ष गरेका छन् ।
दीपक लेख्छन्, ‘ आजको फोटो ‘१११ प्रधानमन्त्रीसँग किन फोटो हालिस ? अब तेरो‘। यस्तै यस्तै कमेन्ट आउने होला १ तर कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नु भएन १ कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ। होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमान बोध गर्नुपर्दैन। जय सकारात्मकता ‘।’ यसअघि प्रधानमन्त्रीको ओलीको प्रशंसा गर्दा कलाकार प्रकाश सपुतको फिल्म ‘वसन्त’लाई वहिष्कार गरौं भन्ने ट्रेन्ड सामाजिक संजालमा चलेको थियो । यो सन्दर्भमा, दीपकले फोटो सेयर गर्दै प्रधानमन्त्रीको फोटो सेयर गर्दा गाली गर्ने प्रवृत्तिलाई व्यंग्य गरेका हुन् ।