दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४८७ दिन अगाडि
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र  प्रियंकाको रोमान्स

काठमाडौँ - गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ सार्वजनिक गरिएको छ ।

सुमन पण्डित ‘वैरागी’को शब्द, अर्जुन पोखरेलको सङ्गीतमा रहेको गीतले त्रिकोणात्मक प्रेमकथा भन्छ । गीतको भिडियोमा सुशान्त कार्की, प्रियंका कार्की र कविता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबिचको प्रेम, मनोभावना र द्वन्द्वलाई  भिडियोमा चित्रण गरिएको छ।माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र कोरियोग्राफी सञ्जय विश्वकर्मा छ ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।