‘परी’ को शुभमुहूर्त: दीपाश्री निरौलादेखि किरण केसीको कम्ब्याक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४७१ दिन अगाडि
‘परी’ को शुभमुहूर्त: दीपाश्री निरौलादेखि किरण केसीको कम्ब्याक

काठमाडौं- गोविन्द गौतमको लेखन तथा निर्देशन रहने फिल्म ‘परी’को शुभ मुहूर्त गरिएको छ । शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा फिल्मको शुभ–मुहूर्त गरिएको हो ।कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नुभएको छ ।’दीपाश्रीले फिल्ममा दिनानुदिन निर्माताहरू थपिनु राम्रो भएको बताइन् । फिल्ममा भित्रिएका नवप्रवेशीले मिहिनेत धेरै गर्नुपर्ने उनले बताइन् ।

फिल्ममा किरण, दीपा बाहेक अन्यमा प्रियङ्का कार्की, निदेश डिसी, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहनेछ । फिल्मको छायांकन यही जेठ २८–२९ गतेबाट थाल्ने योजना छ । दोलखा र तनहुँ आसपासमा छायाङ्कन हुने फिल्म काल्पनिक परिको कथामा बन्न लागेको हो । बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सगिंत दीपक शर्मा र विकास चौधरीको रहनेछ । फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्ले रहेका छन् ।