स्कटल्याण्डको एडिन्बरामा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५’ मा सहभागि फिल्महरुको नामावली सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५५ दिन अगाडि
स्कटल्याण्डको एडिन्बरामा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५’ मा सहभागि फिल्महरुको नामावली सार्वजनिक

काठमाडौं- नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको   महोत्सवमा १५ वटा सर्ट फिल्मपाँच वटा वृत्तचित्र१३ वटा आदिवासी जनजाति फिल्म तथा आठ वटा आदिवासी जनजातिका कथा लएर मुलधारमा बनेका फिल्मसहित ४१ फिल्म सहभागी हुने भएका छन्  

यो महोत्सवका लागि ६० वटा आवेदन परेकोमा आयोजक संस्थाले कुल ४१ वटा फिल्महरु छनौटमा परेको जनाएको छ । छोटो चलचित्र (सर्ट फिल्मतर्फ बेङठा (निर्देशक ईन्द्र बहादुर परियार), डेभिनेसन (निर्देशक गोपाल आचार्य), अदेख (निर्देशक अयुब केसी), जंगलमा (निर्देशक विवेक रामदाम), खिल (निर्देशक विकास मगर), कलर अफ टि (निर्देशक राज कुमार लामिछाने),  द ब्ल्याकपिग (निर्देशक नवीन मेन्याङबो), लौलसा परहेके (निर्देशक बिनोद पुडासैनी), द ब्लु स्काई (निर्देशक निर्मल पौडेल), फेके मदर टंगनिर्देशक टोमा लामा)), माता (निर्माता उमा कार्की ), नाम्लो (जर्नी अफ पोटर्स निर्देशक हेमन तामाङ), रिभा (निर्देशक प्रसिस बज्राचार्य), सन्ते (निर्देशक दिपक तामाङ), टरक्युसी (निभ बज्राचार्यतथा एप्रोन (निर्देशक किरन प्रसाद धितालरहेका छन् । वृत्तचित्रतर्फ गा घर (निर्देशक दिप नारायण राजवंशी), वडाहाङने (पापनी निर्देशक जस कुमार राई), गर्ल्स रीराइटिङ डेस्टिनी (निर्देशक लव प्याकुरेल), द एभरेस्ट मम (निर्देशक संगिता श्रेष्ठ) , डिभाइन डाईलीमा (निर्देशक केपी पाठकरहेका छन् ।

त्यस्तैआदिवासी फिल्महरुमा कर्तव्य आर संघर्ष (निर्देशक सन्तोष सरकार), गले वाना (निर्देशक अनयुक्ता स्थापित), अस्तु (निर्देशक दिपक तामाङ लामा), लोजिमा (निर्देशक सागर सुब्बा), हाङनन्द (निर्देशक विजय संयोक सुब्बा), मुखिया (निर्देशक प्रीतम गुरुङ), नाम्लोर जर्नी अफ पोर्टर्स (निर्देशक हेमन तामाङ), सेमिफुङ (निर्देशक रन वीर लिम्बु), सुगुप (निर्देशक लोकेन साबा लिम्बू) , चे (निर्देशक सागर केरुङ) , युप्पारुङ (निर्देशक रबिन श्रेष्ठ) , जितिया (परशुराम चौधरी), लाखे आजु निर्देशक आर्यन नकर्मी), नाक्छोङ (निर्देशक किरन राईरहेको छन् ।

महोत्सवमा मुलधारमा आदिवासी जनजातिका कथा समावेश गरेर निर्माण भएका फिल्महरुलाई विशेष चलचित्र सम्मान अवार्ड प्रदान गरिने भएको छ । जसका लागि फिल्महरु गाउँ आएको बाटो (निर्देशक नवीन सुब्बा), अञ्जिला (मिलन चाम्स), कर्साङ (निर्देशक यम शेर्पा), घर ज्वाइँ (निर्देशक अनिल बुढा मगर), खुश्मा (निर्देशक अशोक थापा), गोर्खा वारियर (मिलन चाम्सतथा टुल्की (निर्देशक देव थापारहेका छन् ।

सहभागि भएका फिल्महरुलाई बेस्ट एक्टरबेस्ट एक्ट्रेसबेस्ट स्क्रीप्टबेस्ट डीरेक्टरबेस्ट सिनेमाटोग्राफरबेस्ट एडिटरबेस्ट डेब्यू डिरेक्टरबेस्ट डेव्यु एक्टरर एक्ट्रेस प्रदान गरिने भएको छ । सहभागी फिल्महरु मध्ये १९ जुलाईमा अञ्जिलालाखे आजुकर्साङमुख्या तथा केही सर्ट फिल्म प्रदर्शन गरिने भएको छ ।

उक्त दिन आदिवासी जनजातिका खानाका परिकारपहिरनप्रदर्शनअन्तरक्रिया कार्यक्रमसांस्कृतिक कार्यक्रमसम्मान कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गरिने जानकारी फेस्टिभल डाईरेक्टर अरुण कुमार प्रधानले गराएका छन् । त्यसैगरिमहोत्सवका लागि स्कटल्याण्डको सबै तयारी पूरा भैसकेको र कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरे रहने नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले जानकारी गराएका छन् ।

पहिलो पटक बेलायतमा हुन लागेको यो महोत्सवमा मुख्य आयोजक नेपाल स्कटल्याण्ड सोसाइटी तथा नेपालको तर्फबाट संयोजकको रुपमा नेपाल चलचित्र निर्देशक समाज तथा नेपाल चलचित्रकर्मी महासंघकोशी प्रदेश रहेका छन् । निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीका अनुसार नेपालबाट गर्नु पर्ने तयारी पनि पूरा भैसकेको जानकारी गराएका छन् । कलाकर्मी डटकम तथा प्रिज्मा टेलिभिजन यो महोत्सवका अफिसियल मीडिया पार्टनरको रुपमा रहेका छन् ।