काठमाडौं- कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका छन् । बिहीवार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ ।
टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार ब्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । ‘अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । लेखन सकिएपछि छायांकनमा जाँदैछौं’ पाँडेले भने ।पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । पाँडेले यो फिल्मको कथावस्तु, कलाकार र जनराबारे खुलाएनन् ।