काठमाडौं । चलचित्र निर्माता संघको सोमबार हुने कार्यसमिति निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुने निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठले जानकारी दिए ।अध्यक्ष पदको लागि सुनिलकुमार थापा र उदय सुब्बा भिड्दैछन् ।
महासचिव पदको लागि किरण नेपाली र खगेन्दप्रसाद लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा युवराज गिरी र किसान पोखरेल प्रतिस्पर्धामा छन् ।आइतबार दिउँसोसम्म उम्मेदवारमाथि दावी, विरोधको समय दिइएको थियो । अध्यक्षका प्रत्यासी सुब्बाले अर्का प्रत्यासी थापामाथि उजुरी दिएका थिए ।
सुब्बाले सहमतिमा उजुरी फिर्ता लिएपछि अध्यक्षमा चुनाव हुने बाटो खुलेको हो ।