नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा तिज विषेश कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

काठमाडाैं – नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा काठमाडाैंमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरूको महान चार्ड तीजका अवसरमा आईतवार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको  हाे।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका  सचिव तथा प्रतिनिधि सभा सदस्य साथै पूर्वमन्त्री योगेश कुमार भट्टराईको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिहरूमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङबो, नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला थेबे, प्रदेशसभा सांसद होमकुमारी सांवा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि योगेश कुमार भट्टराईले नेपालमा मनाइने सम्पूर्ण चाड पर्वहरू अहिले स्थापित हुँदै गएको बताए । उनले चुनावलाई लक्षीत गर्दै अहिले मुलुको भाग्य  र भविष्य, जनताको भाग्य र भविष्यकाे समेत पूर्व सन्ध्यामा  नेपालीहरु प्रवेश गरिसकेको बताए । उनले मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनमा एकता, सक्रिय सहभागिताका साथ नेकपा एमालेलाई जिताउनमा लाग्नु पर्नेमा समेत जाेड दिए ।

यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङबोले पनि मंसिर ४ गते हुँने निर्वाचनमा नेकपा एमालेलाई जिताउन सक्रियताका साथ सहभागिता जनाउने  आशा राखेको बताएका छन्।

यस्तै एमाले केन्द्रीय सदस्य उर्मिला थेवेले महिला दिदी बहिनी बिनाको राजनीति राजनीति नै नहुने, महिला बिनाको संघ संस्था संघ संस्था नै नहुने भन्दै आगामी   निर्वाचनमा प्रदेश तथा प्रतिनिधिमा प्रत्यक्ष र समानुपातिक दुवै पदमा सक्रियताका साथ उम्मेद्वारी दिन आग्रह गरिन् ।

 

नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा तिज विषेश कार्यक्रम सम्पन्न (फाेटाे फिचर)
नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा तिज विषेश कार्यक्रम सम्पन्न (फाेटाे फिचर)