काठमाडौं - नेकपा एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ भन्ने मुल नाराका साथ गरिएको पद यात्रा गरिएको हो । पदयात्रामा ओलीको धर्मपत्नी राधिका शाक्य लगाएत एमालेका शीर्षनेता पनि सहभागी छन् ।
ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट सुरु भएर शहीद गेटमा जम्मा भई बसन्तपुरसम्मको पदयात्रा गरिएको हो । वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका छन् । संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई पदयात्रा गरिएको एमालेले जनाएको छ ।