पिपुल्स पावर कम्पनीकाे आईपीओमा १३ लाख २१ हजार बढीकाे हात खाली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२८ दिन अगाडि
पिपुल्स पावर कम्पनीकाे आईपीओमा १३ लाख २१ हजार बढीकाे हात खाली

पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ

काठमाडाैं- पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोला प्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको थियो।

यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।