गडफादर’को सुटिङका लागि नेपाल आउदै सुपरस्टार सलमान र चिरञ्जीवी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४० दिन अगाडि
गडफादर’को सुटिङका लागि नेपाल आउदै सुपरस्टार सलमान र  चिरञ्जीवी

चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् ।

दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिएका हुन् । 

फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ । 

घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।

फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिएका हुन् । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो।