मंगलवार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि, चाँदीको स्थिर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२५ दिन अगाडि
मंगलवार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि, चाँदीको स्थिर

छापावाल र तेजाबी सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो। 

मंगलवार सुनको मूल्य ३ सय रुपैयाँ महंगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो।  यो सँगै आज छापावाल सुन ९४ हजार ८ सय र तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

 यता चाँदीको मूल्यमा भने कुनै फेरबदल नभएको महासंघले उल्लेख गरेको छ। आज चाँदीको मूल्य १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन क्रमशः ९४ हजार ५ सय र ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।