फिल्मले घरमा बुहारी भित्रिएपछि छोराहरुबिच कसरी झगडा सुरु हुन्छ र आमा–बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेकाे छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ’ रिलिज हुने दिन नजिकिय संगै प्रचार प्रसार पनि उत्तिकै चुलिएको छ ।
भाद्र १७ गते रिलिज हुने चलचित्रको विशेष प्रदर्शनीमा भोली साँझ ५ बजे काठमाडौमा कार्यक्रमको पनि आयोजना गरिएको छ । चलचित्रमा कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारीको अभिनय रहेको छ ।
भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’ मा आधारित भएर यो फिल्म निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
फिल्मले घरमा बुहारी भित्रिएपछि छोराहरुबिच कसरी झगडा सुरु हुन्छ र आमा–बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेकाे छ ।