अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ । पिकअप (डबल क्याप) गाडी खरिदका लागी अर्थ मन्त्रालयले ७५ करोड बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।
प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद गर्न बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले प्रति गाडी ५० लाखभन्दा नबढ्ने गरी खरिद गर्न पनि प्रहरी प्रधान कार्यालयलाई भनेको छ।
सीमित गाडी खरिदका लागी बजेट सुनिश्चित भएसँगै निर्वाचन सुरक्षाका लागी १ हजार ५० सवारी साधन भाडामा लिन लागिएको डीआईजी राईले जानकारी दिए।