पार्टीले हालको परिस्थितीलाई चिर्न सक्ने र हालको परमादेशी सरकार तथा पाँच दलिय गठबन्धनलाई समेत चिर्न सक्ने योग्य र सक्षम उम्मेद्वार चयन गर्ने छ भन्नेमा म ढुक्क ।
संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा दलहरू चुनावी तयारीमा जुटेका छन् । जितको रणनीतिमा लागेका छन् । तथापि, एउटै पार्टीभित्र बाट संघ र प्रदेश सांसद प्रत्यासी धेरै जना हुँदा उम्मेद्वार चयनमा सकस देखिन्छ। यस्तो अवस्थामा ताप्लेजुङ जिल्लाको नेकपा एमाले के गरिरहेको छ ? पार्टी विभाजन पछि ताप्लेजुङमा नेकपा एमालेको अवस्था कस्तो छ र, निर्वाचनको तयारीमा एमाले कसरी अघि बढिरहेको छ ? यी र यस्तै सन्दर्भमा रहेर नेकपा एमालेका ताप्लेजुङ जिल्ला कमिटीका उप–सचिव मणिशंकर पोमुसँग नेपाल विशेषका लागि गरिएको विशेष कुराकानी (भिडियाेसहित)
ताप्लेजुङमा पछिल्लो समय एमालेको अवस्था कस्तो छ ?
ताप्लेजुङमा एमालको पछिल्लो अवस्था हेर्ने हो भने हिजोको एमालेको विरासतलाई कायमै छ । हामीले ३ वटै तहमा जित निकाल्न सक्छौ । अबको निर्वाचनमा पनि हाम्रो जित सुनिश्चत छ ।
एमालेको हिजोको विरासत कायम छ भन्दै गर्दा यो पटकको संघ वा प्रदेशको चुनावमा तपाईको आकांक्षा के हो ?
२०५५ साल देखि नै अनेरास्ववियुका विभिन्न कमिटी जिल्ला कमिटी, क्याम्पस कमिटी, स्वतन्त्र विद्यार्थी, राष्ट्रिय युवा संघ नेपाल लगायतका कमिटीहरुमा गाँउ कमिटी क्षेत्रिय कमिटि उपसचिव हुँदै जिल्ला कमिटीको नवौ जिल्ला अधिवेसनमा म अधिवेशन प्रतिनिधि भइसकेको हुँ। दशौं, एघारौ, जिल्ला अधिवेशनमा राष्ट्रिय प्रतिनिधि समेत भइसकेको छु । पछिल्लो एघारौ जिल्ला अधिवेसन पछि पनि म आफु जिल्ला उप–सचिवमा निर्वाचित भएको अवस्था छ ।
स्वाभावैले २०७४ को निर्वाचनमा प्रदेशको लागी ताप्लेजुङ क्षेत्र नं. ख बाट म प्रत्यासि थिएँ । म सँगै हामी अन्य ४ जना समेत थियौं । तर केही मतान्तरले म निर्वाचित हुन सकिन ।
गएको स्थानिय तहको निर्वाचनमा एमालेबाट उम्मेद्वार बनेका साथिहरुलाई मेरो क्षेत्रमा मात्र नभइ जिल्लामा नै ठूलो सहयोग गरेको छु । त्यस कारण मैले यसपटक ‘प्रदेश ख’ मा उम्मेद्वारी दिने घोषणा गरेको हुँ। यद्यपि पार्टीले टिकटका विषयमा के गर्छ त्यो समयले बताउने छ । पार्टीको निर्णय प्रमुख हुन्छ।
ताप्लेजुङ क्षेत्र नं. ख मा तपाइलाई नै टिकट दिने संभावना कतिको देख्नुभएको छ ?
हामी प्रत्यासी धेरै जना छाैं । त्यसमध्ये पार्टीले हालको परिस्थितीलाई चिर्न सक्ने र हालको परमादेशी सरकार तथा पाँच दलिय गठबन्धनलाई समेत चिर्न सक्ने योग्य र सक्षम उम्मेद्वार चयन गर्ने छ भन्नेमा म ढुक्क छु । हामी धेरै जना छौं, अझ मलाई लाग्छ यस मध्येमा म आफु योग्य नै छु । नेकपा एमालेमा मेरो विगत र वर्तमानको राजनीतिक पृष्ठभूमी, सक्रियता अनि भू–राजनीति र सांगठनिक राजनीतिलाइ हेरेर पार्टी केन्द्र र जिल्लाले मेरो नाम सिफारीस गर्नेमा विश्वस्त छु ।
पार्टीको सांगठनिक राजनीति बाहेक तपाईंलाई पार्टीले टिकट दिनु पर्छ भन्ने आधार के–के छन्?
विभिन्न आन्दोलनमा सहभागी बनेको नेकपा एमालेले मुलुकलाई समृद्ध बनाउन धेरै आन्दोलन गरेको छ। त्यसमा विजय हाँसिल गरिसकोको छ । इतिहासलाई हेर्दा पार्टीको लगनशिलता देशका लागि सधैँ रहने छ। यसमा पनि ताप्लेजुङमा नेकपा एमाले ले तिसाँै वर्षदेखी विजयी हाँसील गर्दै आएको छ । त्यस कुरालाई मध्यनगर गर्दै वर्षौदेखी राजनीति गर्दै आएका युवाहरु मध्ये म जतिको व्यक्ति अब पनि देश विकासका लागी केन्द्र वा प्रदेशमा प्रवेश नगर्दा कतै युवाहरुलाई अन्याय हुन्छ कि जस्तो लाग्छ।
मैले गर्नुपर्ने सम्पूर्ण कार्य गरिनै रहेको छु। पार्टी भित्र गाँउमा सबै तिर मेरो तर्फबाट गर्नुपर्ने कुनै पनि कसर बाँकी राखेको छैन। मैले सबैसँग छलफल गरिरहेको छु। आगामी मंसिर ४ गते हुने चुनावमा ताप्लेजुङ क्षेत्र नं. ख बाट उपयुक्त उम्मेद्वार म आफु हो भन्न सक्छु । यो कुरा आगामी भाद्र ११ र १२ गते बस्ने बैठकबाट मापदण्ड निर्धारण गर्ने छ र त्यसपछि बस्ने पार्टी केन्द्रीय बैठक बाट संघ र प्रदेशका उम्मेद्वारको मापदण्ड निर्धारण हुने छ । त्यस बैठकले म जस्ता युवाहरुलाई हतोत्साहित नहुने खालको मापदण्ड निर्धारण गर्ने कुरामा म लगायत नेकपा एमाले युवा नेतृत्व ढुक्क छ ।
प्रदेशमा मात्र नभएर संघका लागि पनि ताप्लेजुङमा यसपटक आकांक्षी धेरै छन् । ताप्लेजुङमा यस पटक संघका लागि उम्मेद्वारको छनोट कसरी हुन्छ?
हाम्रो ताप्लेजुङको मात्र नभएर पार्टीले देशको समग्र स्थितिलाई मध्यनजर गरेर नै टिकट वितरण कार्यमा ध्यान दिनु पर्ने देखिन्छ । देशका हरेक निर्वाचन क्षेत्रका लागी उम्मेद्वार छनोट गर्दा नातावाद, कृपावादलाई त्यागेर काम गर्न सक्ने सक्षम त्यस क्षेत्रमा योगदान दिन सक्ने उम्मेद्वार छनोट गर्नु पर्छ ।
हाम्रो जिल्लामा अहिले संघका लागी दुईजना आकांक्षी देखिनु भएको छ । त्यसमा योगेश भट्टराई र तिलकुमार मेन्याङ्बो । उहाँहरू दुवैजना उत्तिकै हुनुहुनुहुन्छ । अब पार्टिले उहाँहरू दुवैजनालाई मिलाएर लौजानु पर्छ । एक जनालाई काख दिएर अर्कोलाई पाखा लगाउन मिल्दैन र पार्टीले समयमा नै यो विषयमा ध्यान दियो भने ताप्लेजुङ जिल्लामा फेरि पनि नेकपा एमालेले लाल किल्ला गाड्ने कुरामा दुईमत छैन।
अब, युवा नेतृत्व चाहिन्छ भन्दै गर्दा पार्टीले टिकट दिएको अवस्थामा तपाईंले क्षेत्र नं. २ मा जित्ने आधारहरु के–के छन् त ?
जिल्लाको क्षेत्र नं.ख मा रहेका ५ वटा गाँउपालिकामा गत स्थानिय चुनावमा हामिले ५ दलिय गठबन्धनलाई पराजित गरिसकेको अवस्था छ । पहिलो आधार यसलाई नै मान्दा पनि त्यो समयको भन्दा बढी मतान्तरले मैले चुनाव जित्ने छु । क्षेत्र नं. ख का केही पालिकामा हामी भित्रै वा पार्टी भित्र पनि केही समस्याहरु छन्। मैले टिकट पाएँ भने त्यसलाई पनि मिलाएर जान सक्छु र जित्न सक्छु भन्ने विश्वास छ।
गएको स्थानीय तहको निर्वाचनलाई आँकलन गर्ने हो भने जिल्लामा खसेको सम्पुर्ण मतको मतान्तर गठबन्धनभन्दा नेकपा एमालेको करिव ६ हजारले बढी छ । अझै केहिहदसम्म अन्य पार्टीको भोट ल्याउन लभिङ गर्ने हो भने हाम्रो जित सुनिश्चत छ।
अन्त्यमा आफ्ना पार्टीबाट अन्य आकांक्षीहरू र प्रतिपस्पर्धिहरुलाई के भन्नु हुन्छ?
पार्टी हाम्रो हो। हामी मध्ये जसले टिकट पाएपनि हामी मिलेर नै जित्नु पर्छ । प्रतिस्पर्धी भन्दा पनि समकक्षीहरुलाइ यो भन्छु कि, म आफुले टिकट पाएँ भने तपाईंहरुले सहयोग गर्नुहोस् । मैले नपाएको खण्डमा जसले पाउनुहुन्छ आफूले सक्दो सहयोग गर्नेछु, र पार्टीलाई पनि सक्षम नेतृत्व छनोट गर्न विशेष अनुरोध गर्दछु ।