विधायन समितिबाट नागरिकता विधेयक पारित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२४ दिन अगाडि
विधायन समितिबाट नागरिकता विधेयक पारित

राष्ट्रियसभाको बैठक बिहीबार बस्दै

काठमाडौं - राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ ।

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिए ।

विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो ।

अब समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्ने छ । राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ ।