मोरङबाट चुनाव लड्दै रेखा थापा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२५ दिन अगाडि
मोरङबाट चुनाव लड्दै  रेखा थापा

काठमाडाैं - 

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचनका लागी दलहरु आफ्ना प्रतिनीधि धमाधम तयार गरिरहेका छन् । कुन ठाँउमा कसलाई पढाउदा राम्राे हुन्छ भन्ने विषयमा दलहरुले छलफल गरिरहेका छन् यहि शिलशिलामा राप्रपाले  अभिनेत्री रेखा थापा  संसदिय चुनावमा मोरङ्ग क्षेत्र नम्बर ३ बाट उठाउने भएकाे छ । राप्रपाले रेखा  थापालाई उक्त क्षेत्रबाट सिफारिस गरेको हो । नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको घर पनि मोरङमा नै हो ।

पार्टीले प्रतक्षतर्फ आफ्नो नाम सिफारिस गरेपछि रेखा भन्छिन्, ,’पार्टीका अग्रज नेतालाई म धन्यवाद दिन चहान्छु । जुन विश्वास ममाथि गर्नु भएको छ त्यसको रिजल्ट म चुनावी मैदानबाट देखाउने कोसिस गर्नेछु ।‘ उसो त मोरङमा एमालेसँग तालमेल गरेर रेखा चुनाव लड्ने पनि चर्चा छ । तीज कार्यक्रमका लागि रेखा मोरङ्गमा नै छिन् । गएको पार्टी महाधिवेशमा रेखाले महान्त्री कुन्ती शाहीलाई कडा टक्कर दिएकी थिइन् । रेखा लामो समयदेखि राप्रपामा सक्रिय रुपमा लागि रहेकी छिन् ।