‘याे भर्जन तपाईँको डिभाइसमा चल्न असमर्थ छ’ भन्ने सूचना प्रयाेगकर्ताले पाएका थिए
काठमाडौं - सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा आएको समस्या समाधान भएको छ ।
मोबाइलमा फेसबुक लाइट खोल्दा ‘याे भर्जन तपाईँको डिभाइसमा चल्न असमर्थ छ’ भन्ने सूचना प्रयाेगकर्ताले पाएका थिए ।
एप अपडेट गरेपछि पनि उही समस्या देखिएपछि प्रयाेगकर्ताहरूले गुनासाे गरेका थिए ।
यो समस्या नेपालसहित भारत, पाकिस्तान लगायतका देशमा देखिएकाे पाइएको छ । हाल यो समस्या समाधान भइसकेको भए पनि वास्तविक कारण के थियो भन्ने कुरा खुलेको छैन ।