मेयरमा निर्वाचित हुन सामाजिक सञ्जालले ठुलाे भुमिका थियाे ।
काठमाडौं - र्याप सङ्गीत क्षेत्रमा स्थापित बालेन शाहका लागि काठमाडौंको मेयरमा निर्वाचित हुन सामाजिक सञ्जालले निर्णायक स्तरकै भूमिका खेल्यो । मेयर निर्वाचित भएपछिका गतिविधिले सामाजिक सञ्जालमा उनको चर्चापरिचर्चा झनै व्यापक बन्दै गएको छ ।
बालेनको लोकप्रियतासँगै सामाजिक सञ्जालमा उनका अनेक अकाउन्ट देखिन थालेका छन् । यस्तोमा उनका समर्थकलाई समेत कुन सक्कली अनि कुन चाहिँ नक्कली छुट्ट्याउन मुस्किल भएको देखिन्छ ।
केही दिन अघि नयाँ बानेश्वर स्थित अल्फाबिटाको पार्किङ स्थलमा निर्मित अवैध संरचनामा डोजर चलेपछि एमाले सांसद महेश बस्नेत खुलेरै विरोधमा उत्रिए । बस्नेतको फेसबुक कमेन्टमा बालेन शाहले व्यङ्ग्यात्मक कमेन्ट गरे ।
त्यही कमेन्टलाई लिएर नेता बस्नेतले फेरि बालेनले अर्को विवादित कमेन्ट गरे । तर उनका केही समर्थक उक्त कमेन्ट नक्कली अकाउन्टबाट गरिएको दाबी गरिरहेका थिए ।
आइतबार बालेनले आफूलाई धरानका मेयर ‘हर्क साम्पाङसँग तुलना नगर्नु’ भन्दै सामाजिक सञ्जालमा लेखेको ठाने । कतिपय अवस्थामा त सामाजिक सञ्जालमा असंयमित देखिने साम्पाङले समेत बालेनको नामका नक्कली अकाउन्टबाट भएका पोस्टलाई आधार बनाउने गरेका छन् ।
यस्तोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाममा रहेका सामाजिक सञ्जाल अकाउन्ट कुन सक्कली अनि कुन नक्कली भन्ने कुरा छुट्याउन धेरैलाई दुबाधा परिरहेको देखिन्छ । आज हामी उनी सक्रिय रहने सक्कली सामाजिक सञ्जाल अकाउन्ट कुन कुन हुन् भन्ने विषयमा चर्चा गर्दै छौँ ।
बालेनको नाममा एउटा आधिकारिक फेसबुक पेज छ । १० लाखभन्दा बढी फलोअर रहेको यो भेरिफाइड फेसबुक पेजबाट उनले यो समाचार सामग्री तयार पार्दासम्म ३२० ओटा पेज तथा अकाउन्टलाई फलो गरेका छन् ।
खासगरी उनले मेयरको रूपमा आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न यही फेसबुक पेज प्रयोग गर्दै आएका छन् ।
२. Balen Shah (बालेन) फेसबुक आईडीः
फेसबुकमै मेयर बालेनको एउटा व्यक्तिगत अकाउन्ट पनि छ । भेरिफाइड नरहेको अकाउन्टलाई एक लाख ८४ हजारभन्दा धेरैले फलो गरेका छन् (यो समाचार तयार पार्दासम्म) ।
करिब सन् २०१२ ताका खोलिएको यो अकाउन्टबाट उनले बेलाबखत आफ्नो आधिकारिक फेसबुक पेजमा रहेका पोस्ट, अन्य सामाजिक सञ्जालका पोस्ट, व्यक्तिगत तथा पेशागत, औपचारिक तथा अनौपचारिक सामग्रीहरू शेयर गरिरहेका हुन्छन् ।