ताप्लेजुङ सरोकार केन्द्रले पायाे नयाँ कार्य समिती

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२३ दिन अगाडि
 ताप्लेजुङ सरोकार केन्द्रले पायाे नयाँ कार्य समिती

 ताप्लेजुङ सरोकार केन्द्रको १७औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

विहिवार बागबजारको हार्दिक होटलमा सम्पन्न भएको उक्त साधारण सभा तथा अधिवेशनले टंक श्रेष्ठको अध्यक्षतामा ६४ पदाधिकारी निर्विरोध चयन भएका छन् । 

जसमा उपाध्यक्षमा बलबहादुर तामाङ, नन्दु वनेम, पर्शुराम आङबुहाङ, माधव प्रधान र महेश गुरागाईँ चयन भएका छन् । यस्तै महासचिव सन्तोष मादेन निर्विरोध चयन भएक छन् । उप महासचिवमा पदम जङ आङबुहाङ, ज्ञान बहादुर इजम, मिङमा डन्डु लामा र बुद्धिमान परियार चयन भएका छन् । 

सचिवमा आशोक प्यासी राई, मोहन योञ्जन, लोकमणी मेन्याङबो, विध्या प्रसाद पौडेल, प्रेम हाङ वनेम, ग्याम्जु शेर्पा, महेन्द्र पालुङवा, जीवन कुमार राई, दीपा परियार, प्रेम गुरागाईँ, चुडामणि गिरी, रुपा आङबुहाङ, निरज लिबाङ, जीवन बस्नेत र डा‍ अलक प्रसाईँ चयन भएका छन् । कोषध्यक्षमा लोजक लामा निर्विरोध चयन भएका छन् भने सह कोषाध्यक्षमा धनजित सांवा चयन भएका छन् । 

साथै सदस्यहरुमा क्रमश आशोक राई, हरिस चन्द्र भट्टराई, अनिल खड्का, दिर्घसी खड्का, हिमा कडरीया, प्रकामणी गौतम, पार्वता कुरुमबाङ लिम्बू, दावा शेर्पा ईलावा, रोश्नी लिम्बू, दावा सम्भु शेर्पा, सीम्रान वनेम, प्रेम कुमार गुरुङ, सिविरा लामा, सन्तोष बराल, मिङमा डेभिड शर्पा, पेम्बा ठिले शेर्पा, निर्मला ईजम, गिता पालुङवा, निता मादेन, सुस्मिता लिम्बू, कोपिला मादेन, सन्तोष तिमलसिना, विपीन वनेम, राजिव कुमार श्रेष्ठ, कृष्ण तेम्बे, शैलेन्द्र थेबे, रुद्र प्रसाद सांवा, पार्वता गौतम, मिङहाङ लिम्बू, विकेश लङवा, देवी गिरी, मैवा चोङबाङ, कविन्द्र शेर्पा, विमला वनेम, रमेश न्यौपाने, थुक्तेन शेर्पा चयन भएका हुन् । 

ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङ बासीहरूको साझा छाता संस्था उक्त सरोकार केन्द्र ताप्लेजुङ बासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको हो ।