एमाले उपाध्यक्ष पौडेल रुपन्देही-२ बाट सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२० दिन अगाडि
एमाले उपाध्यक्ष पौडेल रुपन्देही-२ बाट सिफारिस

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।