यती एअरलाइन्सले थप्यो नयाँ विमान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१९ दिन अगाडि
यती एअरलाइन्सले थप्यो नयाँ विमान

काठमाण्डौं। निजि क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले सेवा बिस्तार गर्ने क्रममा एटिआर ७२-५०० विमान थप गरेको छ ।

यतीको यो छैटौं विमान आज दिउँसो १५:१५ मिनेटमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाण्डौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको Avation कम्पनी संग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया , सिंगापुर, थाईल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। एम एस एन नं. ९८६ सिरिजको उक्त बिमानको पहिलो उडान सन् २०११ मा भएको थियो ।

जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमान भन्दा पछिल्लो विमान भएको कम्पनिले दाबी गरेको छ । एटिआर बिमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ । विमान संख्या थप गरे संगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने निति लिएको प्रबक्ता बर्तौलाले जानकारी दिए । " विमानको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरे पश्चात् विमानले दशैं अगाडिनै उडान गर्नेछ, यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने बिश्वास लिएका छौं" । यहि आर्थिक बर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तब्यहरुमा सेवा बिस्तार गर्ने वहाँले बताउनुभयो। विमान थप भएपछि ५ वटा बिमानलाई आधार बनाई उडान गर्ने र एउटा बिमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ । ATR 72-500 टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ।

७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ। PW127 इन्जिनहरूद्वारा संचालित ATR 72-500 यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमान भन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ । यो बिमानले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु-किमीमा लगभग ५०% कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एशियामा पहिलो कार्वनन्युट्रल एअरलाइन्स हो । एअरलाईन्सले हाल नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तरास्ट्रिय तर्फ चार्टर र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ ।