नेकपा एमाले रामेछापद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२० दिन अगाडि
नेकपा एमाले रामेछापद्वारा  प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

रामेछाप - एमाले रामेछापले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एक सिटमा चुनाव लड्नको लागि पाँच जनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटीको आइतबार सम्पन्न पूर्ण बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तथा प्रदेश र प्रतिनिधि सभा समानुपातिक तर्फका दाबेदारको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निणर्य गरेको हो ।

पार्टीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाशकुमार कार्कीले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार प्रतिनिधि सभाको एक सिटका लागि एक पोलिटब्युरो सदस्य, दुई केन्द्रीय सदस्य तथा दुई प्रदेश सदस्यले दाबी गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्न पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईं र केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेल तथा माधव ढुङ्गेलले दाबी गर्नुभएको छ ।

त्यस्तै वाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतम र केशरबहादुर बुढाथोकीले पनि सो पदमा चुनाव लड्न पार्टीमा दाबी गर्नुभएको छ । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फ गीता कार्की, कमलप्रकाश सुनुवार, नाम्गेल शेर्पा, घनश्याम सार्की र यसिमा महतको नाम सिफारिस गर्ने निणर्य गरेको छ । त्यस्तै प्रदेशसभा समानुपातिक तर्फ मायाकुमारी कार्की, आनन्दकुमार श्रेष्ठ, रामकृष्ण लामा, दीपशिखा न्यौपाने दाहाल, पाल्देन लामा, प्रदीपकुमार योञ्जन, भगवानसिहं लामा, शम्भुकुमार श्रेष्ठ, लक्ष्मी न्यौपाने, मखमली श्रेष्ठ, हर्कमाया माझी र लाम्बाउ शेर्पाको नाम प्रदेशमा सिफारिस गरी पठाउने बैठकले निणर्य गरेको छ ।

जिल्ला कमिटीकाे बैठकले दाबी गर्ने सबैको नाम पठाउने निणर्य गरेकाे हाे। निर्वाचन क्षेत्र समन्वय कमिटीबाट सिफारिस भइआएका प्रदेश 'क' प्रत्यक्षतर्फका शान्तिप्रसाद पौडेल, कुमार कार्की, बुद्धिबहादुर कार्की, उद्धव कडरिया, परशुराम बस्नेत, अर्जुन कार्की, केशरबहादुर पौडेल र अनिल कार्कीको नाम पनि प्रदेशमा पठाउने बैठकले निणर्य गरेको छ । प्रदेश 'ख' को प्रत्यक्ष तर्फ सिफारिस भइआएको प्रेमबहादुर तामाङ, भुवनविक्रम घिमिरे, इन्द्रबहादुर तामाङ, मिलनकुमार घिसिङ र रविन्स लामाको नाम पनि सिफारिस गरी पठाउने निणर्य भएको विज्ञप्तिमा उल्लेख छ ।

एमाले जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्यहरू माधवप्रसाद ढुङ्गेल, गीता कार्की र वागमती प्रदेश कमिटीका सदस्यहरूको आतिथ्यतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण तथा सुद्धिकरण प्रशिक्षण अभियान बारे समीक्षा समेत गरेको छ ।

बैठकले सम्पूर्ण पार्टी पङ्तिलाई एकताबद्ध भएर आ-आफ्नो कार्यक्षेत्रमा पार्टी काममा लाग्न निर्देशन दिएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दिनुभयो ।आएका सबै नामलाई पार्टी जिल्ला कमिटीले मंगलबार हुने पार्टीको वाग्मती प्रदेश कमिटी बैठकमा पेस गर्ने पार्टी अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।