काठमाडाै। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा वर्तमान सत्तागठबन्धनका पुजारीहरुसँग केन्द्रिय गठबन्धन नगर्ने बताउनु भएको छ ।
मंगलवार नयाँ वानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरे पनि अहिलेको महागठबन्धन जस्तो केन्द्रिय तहको गठबन्धन नगर्ने स्पष्ट पार्नु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग पोल्टिकल पोलालाइजेसन हुन सक्ने बताउनु भयो । उहाँले स्थानीयत आवश्यकताको आधारमा एमालेले २०४८ सालदेखि तालमेल गर्दै आएको बताउनु भयो । उहाँले २०४८ सालमा नेपाली काँग्रेससँग समेत तालमेल गर्न खुल्ला गरेका थियौं तर काँग्रेसले त्यो बेला काँग्रेसको नर्क र स्वर्ग जहाँ निर्वाचन लडे पनि जित्ने जवाफ पाएको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो,‘ नेकपा एमाले कुनै पनि केन्द्रिय तहको गठबन्धन गदैनौं ।
अहिले जसरी सत्तागठबन्धन भएको छ । यो निर्वाचनमा वर्तमान गठबन्धन रहेसम्म गठबन्धनका पुजारीहरुसँग एमालेको कुनै तालमेल हुँदैन । तर तालमेलको कुरामा स्थानीय आवश्यकता अनुसार विभिन्न ठाउँहरुमा हुन सक्छ । जहाँ पोलटिकल पोलाईजेसन हुन सक्छ । प्रगतिशिल विचारधारा बोक्ने,राष्ट्रियताको पक्षघरहरुसँग तामेलको नयाँ सम्भावना छ । आज मात्रै नभएर विगत २०४८ सालदेखि नै आवश्यकताको आधारमा तालमेल गर्ने गरेका छौं । २०४८ सालमा एमालेले नेपाली काँग्रेससँग समेत तालमेल गर्न प्रस्ताव गरेको थियो । तर काँग्रेसले नर्क र स्वर्गमा चुनाव लडे पनि जित्छ भन्ने जवाफ पाएका थियौं । प्रधानन्यायात्रधीश चोलेन्द्र समशेर जबराको बयान अहिलेको सत्तागठबन्धनको घिन लाग्दो नौटङकीको नयाँ च्यापटर प्रदर्शन भएको हो ।
प्रधानन्यायाधीशको विषयमा महाअभियोग लगाएपछि सरकारले नियम अनुसार प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । तर सरकारले बहुमतको आडमा त्यो काम गरेन । अहिले प्रधानन्यायाधीशको विषयमा काम भइरहेको छ त्यो झारा टार्ने काम गरिएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको यो पनि एउटा हो ।’ बाइट... ईश्वर पोखरेल,वरिष्ठ उपाध्यक्ष, नेकपा एमाले उहाँले प्रधानन्यायात्रधीश चोलेन्द्र समशेर जबराको बयान अहिलेको सत्तागठबन्धनको घिन लाग्दो नौटङकीको नयाँ च्यापटर प्रदर्शन भएको टिप्पणी गर्नु भयो । पोखरेलले प्रधानन्यायाधीशको विषयमा महाअभियोगका विषयमा बहुमतको आडमा ६ महिनापछि झार टार्ने काम गरिरहेको दाबी गर्नु भयो । उहाँले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको एउटा महत्वपूर्ण अपराध भएको पनि बताउनु भयो ।