नेकपा एमालेतर्फबाट पाल्पा १ मा संघका लागि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१९ दिन अगाडि
नेकपा एमालेतर्फबाट  पाल्पा १ मा संघका लागि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु सिफारिस

पाल्पा – नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघिय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उमेद्वारको सिफारिश गरेको छ ।

विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । त्यस्तै उनीसँग धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा ३ बर्ष काम गरेको अनुभव समेत छ । संघिय सांसदको उमेद्वारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टीले  पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहना बमोजिम आफुले उमेद्वारी दाबी गरेकाे बताए ।

आर्थिक नीतिमा पिएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पुर्ण अग्रज नेताहरुको सोगदानको सम्मान गर्दै उहाँहरुको सल्लाह बमोजिम अगाडी बढ्ने र चुनावमा भारि मतान्तरका साथ विजयी हुने पनि वताए । सांसद दल बहादुर राना, नेता ठाकुर गैरे लगायत पाल्पा क्षेत्र न. १ को पार्टीको भेलाले सारु मगरलाई संघिय सांसदमा सिफारिस गरेको नेकपा एमाले पाल्पाले जानकारी दिएको हाे ।