ताप्लेजुङ– नेकपा एमाले ताप्लेजुङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
पार्टी जिल्ला कमिटीको मंगलवार सम्पन्न ७औं पूर्ण बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तथा प्रदेश र प्रतिनिधि सभा समानुपातिक तर्फका दाबेदारहरूको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निणर्य गरेको हो ।
बैठकले प्रदेश प्रत्यक्ष तर्फ ‘क’ बाट ११ जना ‘ख’ बाट ६ जना र प्रदेश समानुपाति तर्फ १८ जनाको नाम सिफारीस गरेको छ । एक सिटमा चुनाव लड्नका लागि प्रतिनीधिसभातर्फ योगेश कुमार भट्टराई, तिलकुमार मेन्याङ्बो, पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङ्बुहाङ लिम्बु रहेका छन् ।
यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ ६ जनाको नाम सिफारिस भएको छ । जसमा उर्मिला थेबे (खुल्ला), लक्ष्मी बहादुर याक्सो (आदीवासी जनजाति), ओङ्दी शेर्पा (आदीवासी जनजाति), तारा नेपाली (दलीत महिला), शिवकुमार गुरूङ (आदीवासी जनजाति) र मिरा नेपाली (दलित महिला)तर्फबाट नाम सिफारीस भएका हुन् ।
प्रदेश ‘क’ प्रत्यक्षबाट सन्तोष खतिवडा, अनन्त बहादुर साँवा, बलबहादुर साम्सोहाङ, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुँरागाईं, नवर्दा भण्डारी, सुनिता थापा गोपाल न्यौपानेलाई सिफारीस गरेको छ।
यस्तै प्रदेश ‘ख’ प्रत्यक्षबाट गोपाल थापा, मणिशंकर पोमु, चित्र गुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङ्वाङको नाम सिफारीस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रदेश ‘क’ बाट ९ र ‘ख’ अन्तर्गत ९ जनाको नाम पठाएको छ । जसमा प्रदेश ‘क’ बाट निर्मला इजम, कोपिला नेपाली, सञ्चपाल मादेन, हिमालय विक्रम चाम्लिङ, छत्र बहादुर विक, राजेश प्याकुरेल, टीकादेवी दाहाल, राधाकृष्ण पौड्याल, धर्मराज घिमिरे रहेका छन् भने प्रदेश ‘ख’ बाट टिकादेवी सुवेदी, बुद्धीमान परियार, सुर्य बहादुर आङ्बुहाङ लिम्बु, गणेश कार्की डोली, मंगलसिंह केदेम, वीर बहादुर मावोहाङ, हरिलाल ठकुरी सुनाम, राम कुमार विश्वकर्मा र इन्द्र बहादुर शेर्पाको नाम सिफारीस गरेको हो ।