नयाँ ब्रोकर लाइसेन्सका लागि बाटो खुल्ला गर्ने धितोपत्र बोर्डकाे निर्णयप्रति पूँजीबजार संघकाे स्वागत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १५०८ दिन अगाडि
नयाँ ब्रोकर लाइसेन्सका लागि बाटो खुल्ला गर्ने धितोपत्र बोर्डकाे निर्णयप्रति पूँजीबजार  संघकाे स्वागत

काठमाडाैं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि बाटो खुल्ला गर्ने गरी नियमावलीको मस्यौदा संशोधन गरेको प्रति नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले स्वागत गरेकी छिन् ।

आज सामाजिक सञ्जाल मार्फत नयाँ ब्रोकर लाइसेन्सका बाटो खुल्ला हुँदा बामे सर्दै गरेको पूँजीबजारमा कोसेढुंगा सावित हुने उल्लेख गरेकी छिन् ।

पोखरेलको प्रतिक्रिया  जस्ताको तस्तैः 'नेपाल धितोपत्र बोर्डले (लाइसेन्स)लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको नियमावलीमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा संशोधन गर्दै नयाँ ब्रोकर लाइसेन्सका बाटो खुल्ला गरेको छ । नेपाल सरकारले २०७५\८\२० मा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरि ‘पुँजी बजार र मुद्रा बजारको समस्याहरु’ राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा स्वयम् म पनि सदस्य रहेको थिएँ । वित्तिय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरि बजारका समस्याहरुमा ५८ वटा बुँदा सहित वैंकलाई ब्रोकर सुझाव पेश गरिएको थियो ।

जस्मा अल्पकालीन, मध्यकालीन, र दिर्घकालीन भनेर बर्गिकरण गरिएको थियो । त्यहि अनुरुपको कार्यको लागि संघले बिगत ४\५ बर्ष देखि निति बनाउँने देखि कार्यान्वयन तहको लागि पहल गर्दै पछिल्लो समय प्रधानमन्त्रीज्यू सामुन्ने पनि छलफल गरिएको थियो । पूँजीबजार राजधानी खाल्टो र देशका प्रमुख शहरहरुमा मात्र सिमित नभई देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताको पहुँचमा पुग्नु जरुरी छ । जवसम्म जग बलियो हुँदैन तबसम्म घर बलियो हुँदैन यसर्थ नेपाल सरकारले गरेको यो व्यवस्थाहरुले लगानीकर्ताहरुको चर्राईं रहेको घाउँमा मल्हमपट्टी लाग्ने आशा राख्दै, बामे सर्दै गरेको पुँजीबजामा कोसेढुंगा सावित हुनेछ । धितोपत्र बोर्डको यो कार्य स्वागत योग्य छ । पछिल्लो नेपाल सरकारको निर्णयले धितोपत्र बजारमा बिधमान रहेको सिन्डिकेट तोडिने र बजारको यथोचित बृद्धि बिकास हुनेमा हामी आम लगानीकर्तामा हर्षोल्लाष छाएको छ । यस कार्यको लागी नेपाल सरकार र बोर्ड अध्यक्ष रमेश हमाल ज्यू लगाएत बोर्ड परिवारलाई विशेष धन्यवाद ।'