काठमाडाै । फिल्म हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले सोमवार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको संघको कार्यसमिति बैठकले आफूहरूमाथि भएका सबै प्रकारका आरोप एवं विरोधविरुद्ध आन्दोलनमा जाने निर्णय गर्दै संकेतस्वरुप हलहरू बन्द गर्ने निर्णय गरेको हो । संघले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको छ । नेपाली चलचित्र क्षेत्रका संघसंस्थाहरूले चलचित्र प्रदर्शनको सम्बन्धमा बिहीवार मात्रै विज्ञप्ति जारी गरेका थिए । उक्त प्रेस विज्ञप्ति आएपछि चलचित्र संघ आन्दोलनमा जाने निर्णयमा पुगेको हो ।