‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३१ दिन अगाडि
‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक

काठमाडौ‌ । एस पी सापकोटाको शब्द रहेको नयाँ गीत गरिएको छ ।

बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरियो । गीतको भिडियो कर्म एस।पी। सापकोटा युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।
गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।
गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । जहाँ रेकर्ड भएका हजारौं बलिउड गीतहरु हिट छन् । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए । उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए, अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु ।

नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो की, मलाई सुन्दर पहाडको झल्को लाग्यो, भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि।ओ।पी। सुदिप बरालले निर्देशन गरेका हुन् । भने भिडियोका डि।ओ।पी। पनि सुदिप स्यमः नै हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा बिश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।