पहिरोमा परेर पाँच जनाको मृत्यु, बाँकी हराएकाको खोजी जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१४ दिन अगाडि
पहिरोमा परेर पाँच जनाको मृत्यु, बाँकी हराएकाको खोजी जारी

काठमाडौं। शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने बाँकी हराएका मानिसको खोजी भइरहेको छ। ७ जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी आचार्यले जानकारी दिए।

मृत्यु हुनेहरूमा दार्चुला नौगाड गाउँपालिका–१ बस्ने ३० वर्षीया किम्ती ठगुन्ना, ७७ वर्षीय नन्दराम बोहोरा,  ६८ वर्षीय मोहन राम पार्की, ३५ वर्षीय मानमती कार्की  र ३२ वर्षीय जानकी ठगुन्ना रहेका छन्। यता महाकाली नगरपालिका ४ स्थित दार्चुला सदरमुकाम खलंगामा ११ घर बगेका छन्। बंगाबगड क्षेत्रमा आएको बाढीले ठुलो क्षति पुर्‍याएको हो। हालसम्म ११ घर, एक सामुदायिक विद्यालय, एक निर्माणाधीन पुन र एउटा झोलुङ्गे पुल बगाएको छ।