दार्चुलाका पहिराे  पीडितकाे तत्काल उद्दारका लागि गृहमन्त्री बालकृष्ण खाणकाे  निर्देशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१५ दिन अगाडि
दार्चुलाका पहिराे  पीडितकाे तत्काल उद्दारका लागि गृहमन्त्री बालकृष्ण खाणकाे  निर्देशन

काठमाडौं । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले बाढी पहिरोमा परि घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्। 
नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाउन निर्देशन दिएका हुन्। कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको छ। घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरेर सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ।