बिरामी मित भेट्न देउवा अस्पतालमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१३ दिन अगाडि
बिरामी मित भेट्न देउवा अस्पतालमा

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत बिरामी मितलाई भेटेका छन् ।

केही समयदेखि बिरामी रहेका मित नरबहादुर बलायरलाई आइतबार भेट्दै प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका हुन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए । डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मित लगाएका हुन् । आफूलाई सम्झेर अस्पतालसम्म आएकोमा बलायरले मित देउवालाई धन्यवाद भनेका थिए । देउवाका मित नरबहादुरका दाजु वीरबहादुर बलायर कांग्रेसबाट दुईपल्ट सांसद जितेका, तथा मन्त्रीसमेत भएका नेता हुन् ।