चिनियाँ जनकंग्रेसका अध्यक्ष लि नेपाल आउँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१२ दिन अगाडि
चिनियाँ जनकंग्रेसका अध्यक्ष लि  नेपाल आउँदै

काठमाडौं - चीनको संसद राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (साेमबार) नेपाल आउने भएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन ।  नेपाल बसाईका क्रमाम उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । 

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम रहेको जनाइएकाे छ । पछिल्लाे समय नेपालमा अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव बढिरहेकाे छ ।

साथै चीनबाट पनि एकपछि अर्को गर्दै उच्च स्तरका भ्रमणहरु भईरहेका छन् ।