फिल्म ’बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१३ दिन अगाडि
फिल्म ’बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री

काठमाडाैं  - फिल्म ’बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले फिल्मको अस्ट्रेलिया राइट्स किनेका हुन् ।

गत साता निर्माण कम्पनि बाबरी फिल्म्स र वितरण कम्पनि मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो । नेपाल रिलिजको दश दिनपछि अस्ट्रेलियामा ’बाबरी’ प्रदर्शन हुनेछ । यस्तै तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि सिनेमा रिलिज हुनेछ । हङकङ राइट्स यसअघि नै विक्री भैसकेको थियो । धिरज मगर र अदीति बुढाथोकी अभिनित फिल्म नेपालमा असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज र अदितिसँगै धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ ।