जापानको लागि १८४ जना यात्रु बोकेर उडेको निगमको जहाज अकस्मात काठमाडौं फिर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१० दिन अगाडि
जापानको लागि १८४ जना यात्रु बोकेर उडेको निगमको  जहाज अकस्मात काठमाडौं फिर्ता

काठमाडौं- जापानको लागि १८४ जना यात्रु बोकेर उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएसँग‌ै काठमाडौं फिर्ता भएको छ।

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी जहाजमा धुँवा देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएर अवतरण गरिएको बताइएको छ।

उक्त जहाज आज बिहान ९ बजे जापान उडानको तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको थियो।