पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
पूर्व प्रधानन्यायाधीशहरू पनि समितिमा बयान दिन नजाने

काठमाडाै‌- चोलेन्द्रले आरोप लगाएका पूर्व पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समि                                                                                                                                                        तिमा नजाने भएका छन् ।

महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो ।  यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो । 

त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् । बिहीबार रातोपाटीसँग कुरा गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूहरु समितिमा बयानका लागि नजाने बताइन् । कार्कीले रातोपाटीसँग भनिन्, ‘हामीलाई हिजो पत्र काटेर समितिमा बयानका लागि बोलाइएको थियो । हामीहरुले त्यहाँ नजाने निर्णय गरेका छौँ । हामी कोही पनि त्यहाँ जाँदैनौं ।’