काठमाडाै । दयाहाङ राई, विपिन कार्की स्टारर फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ ।
१ मिनेट ५८ सेकेन्ड अवधिको कमेडी स्वादको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई प्रस्तुत गरेको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको उतार–चढावलाई टिजरमा देखाइएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको ‘के घर के डेरा’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा दयाहाङ, विपिनसहित वर्षा राउत र सुरक्षा पन्तलाई समेत देखाईएको छ । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद रहेको फिल्ममा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको पनि अभिनय रहेको छ । फिल्म तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । दिर्घ गुरुङको छायाँकन, सूर्य थोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।